कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्योपचारका लागि सिंगापुर गएकाले उनले खड्काले कार्यबाहक सभापतिको जिम्मा दिएका हुन् ।
काठमाडौं, जेठ ३१ : नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई तोकिएको छ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्योपचारका लागि सिंगापुर गएकाले उनले खड्काले कार्यबाहक सभापतिको जिम्मा दिएका हुन् ।
सभापति देउवाले कांग्रेसको विधानबमोजिम आफू स्वदेश नफर्कुञ्जेलसम्मका लागि खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
प्रकाशित मिति: १०:१० बजे, बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार