Kathmandu Press

सरकारले थालेको जनपक्षीय कामबाट जनविरोधी अत्तालिए : प्रधानमन्त्री दाहाल

‘जनतालाई प्रत्यक्ष सेवा दिने, विदेशमा गएका नेपालीका हक अधिकार सम्बोधन गर्ने, देशभित्र हिजोदेखि रहेका थुप्रै विकृति र विसङ्गति रोक्न भएका प्रयास, भारत भ्रमण गरिएका पहल र प्रयासले एउटा सकारात्मक स्थिति देखिन्छ,’ उलने भने ।
सरकारले थालेको जनपक्षीय कामबाट जनविरोधी अत्तालिए : प्रधानमन्त्री दाहाल

काठमाडौं, जेठ ३१ : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट जनविरोधी अत्तालिएको बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रेस सेन्टर नेपालको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दहालले सरकारले गरेका राम्रा कामको विरोध गर्नेको सशक्त प्रतिवाद जरुरी रहेको बताए।

‘जनतालाई प्रत्यक्ष सेवा दिने, विदेशमा गएका नेपालीका हक अधिकार सम्बोधन गर्ने, देशभित्र हिजोदेखि रहेका थुप्रै विकृति र विसङ्गति रोक्न भएका प्रयास, भारत भ्रमण गरिएका पहल र प्रयासले एउटा सकारात्मक स्थिति देखिन्छ,’ उलने भने, ‘यसबाट प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू अत्तालिएका छन्।’

प्रधानमन्त्री दाहालले जनविरोधी तत्वहरु एजेण्डविहीन बनेका र जनतामा नाङ्गिएको पनि बताए । राम्रो काम गरेर मात्रै नभई राम्रो काम राम्रो हो भनेर जनतालाई बुझाउने कुरा मुख्य भएको उनले उल्लेख गरे।

अप्ठ्यारो, जटिलता र धेरैखालका घेराबन्दीका बीचबाट लिइएको पहलबाट नै वर्तमान अवस्थामा आफूहरु बलियो बनेको प्रधानमन्त्री दाहालले बताए ।

प्रेस सेन्टर नेपालले विभिन्न १४ बुँदामा देश, जनता र श्रमजीवि पत्रकारले भोग्नुपरेका समस्याका बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ। संगठनले संविधानले सुनिश्चित गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालगायत जनपक्षीय उपलब्धिहरू थप संस्थागत गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि परिवर्तनपक्षधर शक्तिहरुको एकता अपरिहार्य पनि भएको पत्रमा उल्लेख छ।

 

प्रकाशित मिति: ११:४६ बजे, बुधबार, जेठ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्