Kathmandu Press

स्थिरताका लागि मधेश सरकारलाई एमालेको समर्थन : पोखरेल

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न आफ्नो पार्टीले विश्वासको मत दिएको उल्लेख गरेका छन्।
स्थिरताका लागि मधेश सरकारलाई एमालेको समर्थन : पोखरेल

काठमाडौं, जेठ ३१ : एमाले महासचिव शंकर पोखरेलले स्थिरताका लागि मधेश प्रदेश सरकारलाई एमालेले विश्वासको मत दिएको बताएका छन्।

एमालेले नै समर्थन फिर्ता लिएपछि मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। तर, उनलाई एमालेसहित सिंगो संसदले नै विश्वासको मत दिएको थियो।

महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न आफ्नो पार्टीले विश्वासको मत दिएको उल्लेख गरेका छन्। उनले अन्य दलहरुलले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेका छन्।

‘राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा एमालेले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ,’ उनले लेखेका छन्, ‘मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको छ।’

 

प्रकाशित मिति: ११:४० बजे, बुधबार, जेठ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्