राष्ट्रपति पौडेल डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य
नियमित स्वास्थ्य परिक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रही आज विहान ८ः०० बजे डिस्चार्ज हुनुभएको शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले जनाएको छ ।
काठमाडौं, जेठ ३१ : राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज भएका छन् ।
नियमित स्वास्थ्य परिक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रही आज विहान ८ः०० बजे डिस्चार्ज हुनुभएको शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले जनाएको छ ।
हाल राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ । हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म अवलोकनमा राखिएको थियो ।

प्रकाशित मिति: ०८:४८ बजे, बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार