राष्ट्रपति पौडेल आज डिस्चार्ज हुँदै
मुटुमा समस्या देखा परेपछि हिजो मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन् । सो अस्पतालले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।काठमाडौं, जेठ ३१ : राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदैछन् ।
मुटुमा समस्या देखा परेपछि हिजो मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन् । सो अस्पतालले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म अवलोकनमा राखिएको र आज डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले जानकारी दिए।
प्रकाशित मिति: ०८:२९ बजे, बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











