Kathmandu Press

कोशीदेखि गण्डकी प्रदेशसम्म वर्षा, पश्चिम तराईमा अत्यधिक गर्मी कायमै

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मंगलबार राति काठमाडौं उपत्यकासहित देशका पूर्वी पहाडी तथा तराईमा वर्षा भएको छ । वर्षासँगै अत्यधिक गर्मीबाट राहत महसुस गरिएको छ ।
कोशीदेखि गण्डकी प्रदेशसम्म वर्षा, पश्चिम तराईमा अत्यधिक गर्मी कायमै

काठमाडौं, जेठ ३१ : कोशी र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मंगलबार राति काठमाडौं उपत्यकासहित देशका पूर्वी पहाडी तथा तराईमा वर्षा भएको छ । वर्षासँगै अत्यधिक गर्मीबाट राहत महसुस गरिएको छ ।

आज दिउँसो आंशिकदेखि सामान्य बदली भई कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र मधेस प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू भागका केही स्थानमा मेघगर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै मधेस प्रदेशलगायत बाँकी पहाडी भूभागका एक,दुई स्थानमा क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाकाअनुसार शुक्रबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी पहाडी भूभागका थौरै स्थानमा वर्षाको सम्भावना छ ।

कोशीदेखि गण्डकी प्रदेशसम्म वर्षाको सम्भावना रहेपनि पश्चिम तराई र पहाडी भूभागमा भने वर्षाको सम्भावना छैन । जसका कारण देशका मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मी यथावत रहने महाशाखाले जनाएको छ ।

महाशाखाले नेपालमा आज वा भोलिसम्ममा मनसुन भित्रने पूर्वानुमान गरेको छ । 

प्रकाशित मिति: ०८:२४ बजे, बुधबार, जेठ ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्