मधेशका मुख्यन्त्री यादवकाे पक्षमा सिंगो सदन
मंगलबार साँझ बसेको प्रदेशसभा बैठकबाट यादवले संसद्मा उपस्थित सबै सांसदको मत पाए।
धनुषा, जेठ ३० : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकृष्ण यादवले दोस्रो पटक विश्वासको मत पाएका छन्। मंगलबार साँझ बसेको प्रदेशसभा बैठकबाट यादवले संसद्मा उपस्थित सबै सांसदको मत पाए।
जेठ १ गते एमालेले यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले आज विश्वासको मत लिएका हुन्।
आफैंले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन लागेका यादवलाई एमालेले पनि विश्वास मत दिएपछि उनले पुरै संसदको साथ पाए ।
१०७ सदस्यीय प्रदेश सभामा मंगलबार १०५ जना उपस्थित थिए । जसमध्ये यादवले १०३ मत प्राप्त गरे। सभामुख र उपसभामुखले मत हालेनन् ।
पहिलो पटक पनि यादवले सिंगो संसदको साथ पाएका थिए।
प्रकाशित मिति: २०:५६ बजे, मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











