Kathmandu Press

सत्तारुढ गठबन्धनमा बजेट संशोधन गर्ने सहमति

सत्तारुढ गठबन्धनभित्रै बजेटमा असन्ष्टी देखिएपछि मंगलबार बसेको गठबन्धनका दलका शीर्ष नेताको बैठकले बजेट संशोन गर्ने सहमति गरेको हो।
सत्तारुढ गठबन्धनमा बजेट संशोधन गर्ने सहमति

काठमाडाैं, जेठ ३० : आगामी आर्थिक वर्षका लागि जेठ १५ गते सरकारले ल्याएको बजेट संशोधन गरिने भएको छ। सत्तारुढ गठबन्धनभित्रै बजेटमा असन्ष्टी देखिएपछि मंगलबार बसेको गठबन्धनका दलका शीर्ष नेताको बैठकले बजेट संशोन गर्ने सहमति गरेको हो।

मंगलबारको बैठकमा बजेटको विनियोजन असन्तुलित भएको भन्दे आएको गुनासोलाई सम्बोधन गर्ने सहमति भएको बताइएको छ। कम बजेट परेका क्षेत्रमा थप्ने, बढी भएका क्षेत्रमा घटाउने विषयमा नेताहरुबीच सहमति भएको बताइएको छ।

बैटकमा बजेट पारित नहुँदै मिलान मिल्ने विषय पहिले मिलाउने र नमिलेका विषयमा पछि बजेट पारित गरेपछि पनि मिलाउने सहमति भएको छ।

बजेटमा नेकपा एकीकृत समाजवादीले तीव्र असन्तुष्टी जनाएपछि गठबबन्धनको बैठकले बजेट संशोन गर्नेए निर्णय गरेको हो ।

प्रकाशित मिति: २०:३४ बजे, मंगलबार, जेठ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्