Kathmandu Press

मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने

एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले राजनीतिक दबाबले समर्थन फर्ता लिए पनि सरकारले राम्रो काम गरिरहेकाले विश्वासकाे मत दिन लागेको बताए ।
मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने

धनुषा, जेठ ३० : एमालेले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ।

यादव नेतृत्वको मधेश सरकारलाई दिएको समर्थन जेठ १२ गते एमालेले फिर्ता लिएपछि उनले आज प्रदेश सभाबाट विश्वास मत लिँदैछन्।

तर, समर्थन फिर्ता लिएको १ महिनामै एमालेले पुनः यादवलाई विश्वासको मत दिन भएको हो। एमालेले यादवलाई विश्वासको मत दिने एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले बताए ।

उनले राजनीतिक दबाबले समर्थन फर्ता लिए पनि सरकारले राम्रो काम गरिरहेकाले विश्वासकाे मत दिन लागेको बताए । एमालेको यस्तो निर्णयसँगै मुख्यमन्त्रीले आज हुने विश्वासको मतमा अधिकांश दलको साथ पाउने छन्।

मधेशमा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोसपा र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीका ७ सांसद, तथा नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका समान १ सांसद् छन्।

अहिले प्रदेश सभाको बैठक चलिरहेको छ। जसमा १०७ मध्ये ९७ सांसद उपस्थित रहेको बताइएको छ।

 

प्रकाशित मिति: १९:२४ बजे, मंगलबार, जेठ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्