राष्ट्रपति पौडेललाई हृदयघात
राष्ट्रपति पौडेलको मुटुको दाहिनेतर्फको एउटा नसा ७० प्रतिकश बन्द भएको भागकाे नसाबाट तार हालेर जाली खोलेर रगत सञ्चालन गरिएको छ।
काठमाडौं, जेठ ३० : राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ। श्वासप्रश्वास र छाती भारी हुने समस्या भएपछि मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र लगिएको छ।
अस्पतालमा गरिएको परीक्षण पनि राष्ट्रपतिलाई पौडेललाई हृदयघात भएको चिकित्सकहरूले बताएका छन्। उनको मुटुको दाहिनेतर्फको एउटा नसा ७० प्रतिकश बन्द भएको बताइएको छ।
अस्पताल स्रोतका अनुसार राष्ट्रपति पौडेलको मुटुको दाहिनेतिरको नसाबाट तार हालेर जाली खोलेर रगत सञ्चालन गरिएको छ। राष्ट्रपति पौडेललाई दुई दिन अस्पतालमा नै राख्ने तयारी गरिएको छ।
प्रकाशित मिति: १८:४७ बजे, मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











