Kathmandu Press

बालसैन्य भर्ना मुद्दामा सर्वोच्च अदालतले माग्यो प्रचण्ड र बाबुरामसँग लिखित जवाफ

युद्धमा अबोध बाल सैनिक प्रयोग गरिएको बताउँदै तत्कालिन माओवादीको उच्च नेतृत्वलाई कारबाही हुनुपर्ने मागसहित पूर्व बाल सैनिक लेनिन विष्ट लगायतले सर्वोच्चमा रिट दर्ता गरेका थिए।
बालसैन्य भर्ना मुद्दामा सर्वोच्च अदालतले माग्यो प्रचण्ड र बाबुरामसँग लिखित जवाफ

काठमाडौं, जेठ ३० : युद्धका क्रममा बालसैन्य भर्ना विवादमा सर्वोच्च अदालतले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग लिखित कारण माग गरेको छ।

युद्धमा अबोध बाल सैनिक प्रयोग गरिएको बताउँदै तत्कालिन माओवादीको उच्च नेतृत्वलाई कारबाही हुनुपर्ने मागसहित पूर्व बाल सैनिक लेनिन विष्टलगायतले सर्वोच्चमा रिट दर्ता गरेका थिए।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले प्रचण्ड, भट्टराईलगायतका विपक्षसँग कारणसहितको लिखित जवाफ माग गरेको हो । उक्त प्ररकणमा सर्वोच्चले रिटको छिटो टुंगो लगाउन ‘अग्राधिकार’ समेत प्रदान गरेको छ।

रिटमा माओवादी युद्धका बेला प्रयोग भएको बाल सैनिक भर्ना अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको बताउँदै तत्कालिन तत्कालीन नेतृत्वलाई कारबाही गर्न माग गरिएको छ। उक्त कार्य युद्ध अपराध रहेको दाबी रिट निवेदकको छ।
 

 

प्रकाशित मिति: १७:५९ बजे, मंगलबार, जेठ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्