Kathmandu Press

राष्ट्रपति पौडेल आज अस्पतालमै रहने

पौडेलेको मुटु जाँचका लागि एन्जिओग्राम गरिएको चिकित्सकले बताएका छन्।
राष्ट्रपति पौडेल आज अस्पतालमै रहने

काठमाडौं, जेठ ३० : छाती दुख्ने समस्या देखिएपछि उपचारका लागि अस्पताल पुगेका राष्ट्रपति रामचन्द्र पौडेललाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ ्।

राष्ट्रपति पौडेल छाति दुख्ने समस्या देखिएपछि मंगलबार बिहान गंगालाल हृदय रोग केन्द्र लगिएको थियो। राष्ट्रपतिको उपचारमा अस्पतालका निर्देशक डा.चन्द्रमणि अधिकारी नेतृत्वको चिकित्सक टोली खटिएको छ।

राष्ट्रपति पौडेलेको उपचारमा संलग्न छ । पौडेलेको मुटु जाँचका लागि एन्जिओग्राम गरिएको चिकित्सकले बताएका छन्। चिकित्सकको सुझाव अनुसार राष्ट्रपति पौडेल मंगलवार अस्पतालमै रहने जनाइएको छ ।

 

प्रकाशित मिति: १७:४३ बजे, मंगलबार, जेठ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्