चिल्ला गाडी चढ्न होइन, जनताको सेवा गर्न राजनीतिमा आएँ : कांग्रेस नेता राठोर
नेपालगन्जमा आयोजित एक कार्यक्रममा राठौरले आफुहरु देश र जनताका लागि राजनीति गर्ने भन्दै देश भगौडाहरुले आफुमाथि विभिन्न आरोप लगाउने गरेको समेत बताए।
बाँके, जेठ ३० : नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले चिल्ला गाडीमा चढ्न र काठमाडौंमा घर किन्न राजनीतिमा आएको नभर्इृ जनताको सेवा गर्न राजनीतिमा आएको बताएका छन्।
नेपालगन्जमा आयोजित एक कार्यक्रममा राठौरले आफुहरु देश र जनताका लागि राजनीति गर्ने भन्दै देश भगौडाहरुले आफुमाथि विभिन्न आरोप लगाउने गरेको समेत बताए।
उनले आफ्ना देशका नागरिकलाई अनागरिक बनाउनेहरुले ठूलो कुरा गर्ने गरेको जिकिर गरे। उनले नेता, कर्मचारी जनताको सेवक बन्न सक्यो कि सकेन भन्ने नै महत्वपूर्ण रहेको भन्दै विभिन्न निकायमा बस्ने व्यक्तिहरु जिम्मेवार भए सुशासन आफैं कायम हुने बताए।
नेता राठौरले देशको प्रमुख चुनौती नै भष्ट्रचार भएकाले त्यसको समाधानका लागि आफ्नो काम कर्तव्यप्रति जिम्मेवार र उत्तरदायी बन्नुपर्नेमा जोड दिए । उनले संघीयतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न सबै जिम्मेवार बन्नुपर्ने बताए।











