‘नेपालको राष्ट्रियता संकटोन्मुख छ’
मंगलबार दाङको घोराहीमा पत्रकार सम्मेलनमा बोल्दै महासचिव सिंहले नेपाली जनताले सय वर्ष लामो संघर्षबाट प्राप्त गरेको उपलब्धिलाई उल्टाउने शक्तिहरु सक्रिय भएको बताए।
दाङ, जेठ ३० : नेपाल कम्युनिष्ट पार्टी मसालका महासचिव मोहनविक्रम सिंहले नेपालको राष्ट्रियता संकटोन्मुख रहेको बताएका छन्।
मंगलबार दाङको घोराहीमा पत्रकार सम्मेलनमा बोल्दै महासचिव सिंहले नेपाली जनताले सय वर्ष लामो संघर्षबाट प्राप्त गरेको उपलब्धिलाई उल्टाउने शक्तिहरु सक्रिय भएको बताए।
‘नेपाली जनताको सय वर्षे लामो संघर्षको उपलब्धी अब कसले रक्षा गर्ने भन्ने हाम्रो सामु ठूलो समस्या रहेको छ,’ उनले भने, ‘भारतले नेपालको सिमा अतिक्रम गर्दै लामो समयदेखि नेपालीलाई दुख दिने काम गरिरहेको बेला अमेरिकाले पनि हस्तक्षप गर्न थालेको र अमेरिकाले एमसीसी र एसपीपी मार्फत नेपालमा अमेरिकी सामराज्यबाद लाद्न खोजेको छ।’
यसअघि नेपालमा भारत र अमेरिकाले यहाँका पुरानै दललाई प्रयोग गरी नेपालमाथि हस्तक्षप गर्दै आएकोमा अहिले नयाँ राजनीतिक दल नै खोलेर नेपालमाथि हमला गरिरहेको पनि सिंहले बताए।
उनले नागरिकता विधेयक मार्फत ठूलो संख्यामा भारतीयहरूलाई नेपाली बनाउने चलखेल भइरहेको पनि उल्लेख गरे।











