Kathmandu Press

‘नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक अभ्यास उदाहरणीय छ’

उनले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका शान्ति मिसनमा परिचालित नेपाली शान्ति सेनाले नवीनतम सूचना प्रविधिको प्रयोग गरिरहेकामा प्रशंसा गर्दै शान्ति सेनामा डिजिटल रुपान्तरणका लागि प्रविधिको प्रयोग आवश्यक रहेको बताए,
‘नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक अभ्यास उदाहरणीय छ’

काठमाडौं, जेठ ३० : संयुक्त राष्ट्रसंघ मुख्यालय कार्य सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेले नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक प्रणालीको अभ्यास विश्वका लागि उदाहरणीय रहेको बताएका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव खेरले निर्वाचनमा भएको सहभागिता, अभ्यास र प्राप्त नजिताले त्यसलाई पुष्टि गरिरहेको बताए।

संयुक्त राष्ट्रसङ्घ, सूचना तथा सञ्चार प्रविधि कार्यालय मातहतको कार्य सञ्चालन विभागद्वारा शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्यसम्बन्धी चारदिने अन्तर्राष्ट्रिय संगोष्ठीमा भाग लिने क्रममा उपमहासचिव खरे नेपाल आएका हुन्।

उनले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा स्थापना भएका शान्ति मिसनमा परिचालित नेपाली शान्ति सेनाले नवीनतम सूचना प्रविधिको प्रयोग गरिरहेकामा प्रशंसा गर्दै शान्ति सेनामा डिजिटल रुपान्तरणका लागि प्रविधिको प्रयोग आवश्यक रहेको बताए,

उनले नेपाली सेनाले मिसनअन्तर्गत रही शान्ति सुरक्षा कायम गर्न असरदाररुपमा डिजिटल प्रविधि र उपकरण प्रयोग गरेकामा खुसी पनि व्यक्त गरे।

शान्ति स्थापनार्थ खटिएका सुरक्षाकर्मीलाई आम नागरिकको सुरक्षा मुख्य चासो रहने बताउँदै उपमहासचिव खरेले शान्तिस्थापना कार्यमा आन्तरिकरुपमा प्रभावकारीरुपमा सञ्चालन हुने सञ्चार प्रद्धतिका लागि थप गृहकार्य भइरहेको जानकारी दिए।

उनले शान्ति स्थापना कार्यमा खटिने जनशक्तिले भोग्नु परेका अप्ठेराहरुलाई प्रविधिको प्रयोगले कसरी कमिल्याउन सकिन्छ भन्नेमा गोष्ठि महत्वपूर्ण साबित हुने उल्लेख गर्नुभयो । उपमहासचिव खरेले एकीकृत तालिम तथा क्षमता अभिवृद्धि, टेलिमेडिसियन, शान्ति स्थापना कार्य सञ्चालनमा सूचनाको प्रयोग अभिवृद्धि गर्नु मुख्य उद्देश्य रहेको बताए।

सो अवसरमा सहायक महासचिवद्वय बेर्नार्डो र मार्था हेलेना लोपेज् सहायक महासचिव, परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल, रक्षा मन्त्रालयका सहसचिव बाबुराम अधिकारी, नेपाली सेना शान्ति कार्य निर्देशक सन्तोषबल्लभ पौडेल लगायतले पनि बोलेका थिए।

प्रकाशित मिति: १६:०६ बजे, मंगलबार, जेठ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्