राष्ट्रिय सभा अध्यक्ष र चीनका जनकंग्रेस अध्यक्ष भेट
भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौंदेखिको सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी दिनमा नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बन्दै जानेमा आफू विश्वस्त रहेको बताए।
काठमाडौं, जेठ ३० : चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीनका राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष चाओ लिजीसँग भेट गरेका छन्।
अध्यक्ष तिमिल्सिना र लिजीबीच ग्रेट हल अफ पिपुल्स, बेइजिङमा सोमबार भेटवार्ता भएको हो।
भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराले बलियोरुपमा जोडेको नेपाल र चीनबीच सदियौंदेखिको सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी दिनमा नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बन्दै जानेमा आफू विश्वस्त रहेको बताए।
अध्यक्ष तिमिल्सिनाले घनिष्ट मित्र एवं विकासको साझेदार र असल छिमेकीका रुपमा नेपालले चीनसँगको सम्बन्धलाई सधैँ उच्च महत्व र प्राथमिकता दिँदै आएको बताउँदै नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको बताए।
पछिल्ला दिनमा नेपाल र चीनको विधायिकी सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले चीन नेपालका पर्यटक स्रोत मुलुकमध्ये दोस्रो मुलुकमा पर्ने भएकाले नेपालको विकासका लागि पर्यटनको भूमिकालाई मध्यनजर गर्दै नेपाललाई चीनले हालै आउट ब्याण्ड टुरिष्ट ग्रुपमा राखेकामा खुसी व्यक्त गगरे।
चीनको ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पु¥याउनेमा विश्वस्त रहेको जनाउँदै अध्यक्ष तिमिल्सिनाले चीनका विभिन्न सहरबाट सोझो हवाई उडान हुने विश्वास व्यक्त गरे।
नेपाल–चीनबीच केरुङ÷रसुवागढी, हिल्सा÷पुराङ र तातोपानी/झाङमु नाकामार्फत दुईतर्फी व्यापार सञ्चालन भएको उल्लेख गर्दै उनले आगामी दिनमा मुस्ताङको कोरल्लालगायतका नाका सञ्चालन हुने विश्वास पनि गरे।
भेटमा चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष लिजीले भ्रमणका चीनको छेन्दुबाट पोखरा हवाई उडानका लागि चीन तयारी अवस्थामा रहेको जानकारी दिए। पोखरा विमानस्थलको अवस्था र नेपाल सरकारले आवश्यक सबै तयारी सकेको अवस्थामा आगामी जुन २१ देखि छेन्दु–पोखरा सिधा उडान गर्न चीन तयारी अवस्थामा रहेको उनले जानकारी गराएका थिए।











