राष्ट्रपति पौडेलको मुटुमा समस्या देखियो, गंगालाल अस्पताल भर्ना
राष्ट्रपति पौडेललाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको हो । अहिले गंगालालमा उपचार भइरहेको छ ।
काठमाडौं, जेठ ३० : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थयमा समस्या देखिएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गंगालाल हृदयरोग केन्द्र भर्ना भएका छन् । उनको मुटुमा समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ।
राष्ट्रपति पौडेललाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको हो । अहिले गंगालालमा उपचार भइरहेको छ । स्वास्थ्यमा कुन प्रकृतिको समस्या हो भनेर निदान हुन बाँकी रहेको जनाइएको छ ।
प्रकाशित मिति: १५:०० बजे, मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











