Kathmandu Press

काठमाडौंमै खुकुरी प्रहार गरी भाइद्वारा दाइको हत्या

घरायसी विवादमा २५ वर्षीय सुरज शाक्यको खुकुरी प्रहारबाट ४५ वर्षीय दाजु सूर्य शाक्यको मृत्यु भएको हो।
काठमाडौंमै खुकुरी प्रहार गरी भाइद्वारा दाइको हत्या

काठमाडौं, जेठ ३० : काठमाडौंको ओमबहालस्थित माथेमा चोकमा घसायसी विवाद हुँदा खुकुरी प्रहार गरी भाइले दाइको हत्या गरेका छन्। घरायसी विवादमा २५ वर्षीय सुरज शाक्यको खुकुरी प्रहारबाट ४५ वर्षीय दाजु सूर्य शाक्यको मृत्यु भएको हो।

खुकुरी प्रहार गरी भागेका सुरजलाई प्रहरीले आज बिहान पौने १० बजे पक्राउ गरिएको गरेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।

सोमबार राति दाजु–भाइबीच झगडा परेको थियो। झगडाको क्रममा राति १२ बजे भाइ सुरजले दाइ सूर्यको टाउकोमा खुकुरी प्रहार गरेर भागेका थिए।

सूर्यमाथि खुकुरी प्रहार भएको परिवारका अन्य सदस्यले मंगलबार बिहानमात्र थाहा पाएका थिए।

 

प्रकाशित मिति: १३:५९ बजे, मंगलबार, जेठ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्