Kathmandu Press

गौतम बुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको १५८ सिट क्षमताको न्यरोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा अवतरण गरेको हो।
गौतम बुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान

रूपन्देही जेठ ३० : भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमले पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान गरेको छ।

विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको १५८ सिट क्षमताको न्यरोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा अवतरण गरेको हो।

सो बिमान मंगलबार बिहान ८ः५० बजे गौतम बुद्ध विमानस्थल अवतरण गरेको हो। विमानमा करिब सय यात्रु सवार भएको निगमले जनाएको छ।

बिहान साढे ७ बजे विमान अवतरण गर्ने भनिएको पनि प्राविधिक कारणले विमान डेड घण्टा ढिलो अवतरण भएको निगमले जनाएको छ।

नेपाली वायुसेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरूको स्वागत गर्न पर्यटनमन्त्री सुदन किराती भैरहवा पुगेका थिए। विमानमा केही मलेसियाका पर्यटन व्यवसायीसहित भैरहवामा अवतरण गर्ने यात्रु थिए भने बाँकी काठमाडौं ओर्लिने थिए।

निगमले गरेको पहिलो भैरहवा उडानमा आमन्त्रण गरिएका मलेसियाका पर्यटन व्यवसायीहरु भने भैरहवामा अवतरण भएपछि लुम्बिनी भ्रमण गरी काठमाडौं गएर मलेसिया फर्किने बताइएको छ।

प्रकाशित मिति: १३:२३ बजे, मंगलबार, जेठ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्