Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणको प्रतिरक्षामा बहस सुरू

खाणको पक्षमा बसहका लागि नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले वकालतनामा दिएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणको प्रतिरक्षामा बहस सुरू

काठमाडौं, जेठ ३० : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणको प्रतिरक्षामा थुनछेक बहस सुरु भएको छ।

काठमाडौंका जिल्ला प्रेमप्रसाद न्यौपानेले थुनछेक बहस सुरु भएको हो। खाणको पक्षमा बसहका लागि नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले वकालतनामा दिएका छन्।

अहिले इजलासमा वहश चलिरहेको छ। मंगलबार खाणसहित ६ जना प्रतिवादीको बहस सक्ने तयारीमा अदालत छ । प्रतिवादीका कानुनव्यवसायीको बहस सकिएपछि सरकारी वकीलले जवाफी बहस गर्नेछन्।

एक सातादेखि प्रतिवादीहरुको तर्फबाट कानुनव्यवसायीले प्रतिरक्षा बहस गरिरहेका छन्।
 

 

प्रकाशित मिति: १२:५३ बजे, मंगलबार, जेठ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्