Kathmandu Press

डाकियो मधेश प्रदेस सभाको आकस्मिक बैठक, मुख्यमन्त्री यादवले विश्वासकाे मत लिने

मंगलबार बिहान बसेको सत्ता गठबन्धनको बैटकले विश्वासको मत लिनु पर्ने निर्णय गरेपछि मुख्यन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।
डाकियो मधेश प्रदेस सभाको आकस्मिक बैठक, मुख्यमन्त्री यादवले विश्वासकाे मत लिने

धनुषा, जेठ ३० : मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशसभाको आकस्मिक बैठक डाकेका छन्। उनले साँझ ५ बजेका लागि आकस्मिक बैठक डाकेका हुन्।

मुख्यमन्त्री यादवले विश्वासको मत लिनका आकस्मिक रुपमा प्रदेश सभाको बैठक बोलाएका हुन्। एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।

गत चैत २१ गते मधेश सरकारबाट बाहिरिएको एमालेले जेठ १ गते समर्थन फिर्ता लिएको थियो। सर्थमन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । मुख्यमन्त्री यादवले बुधबार अनिवार्य रुपमा विश्वासको मत लिनुपर्ने थियो ।

मंगलबार बिहान बसेको सत्ता गठबन्धनको बैटकले विश्वासको मत लिनु पर्ने निर्णय गरेपछि मुख्यन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।

३० दिन बित्दा अदालतमा सरकारविरुद्ध रिट परेर कानुनी अड्चन आउन सक्ने देखेपछि मुख्यमन्त्री यादवले आकस्मिक रुपमा विश्वासको मत लिन लागेका हुन्।

प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० र माओवादी केन्द्रका ९९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एकरएक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद छन् ।

प्रकाशित मिति: १२:०१ बजे, मंगलबार, जेठ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्