Kathmandu Press

प्युठान दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्रीद्वारा समवेदना

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा मृत्यु हुने आठ तथा मृतकको परिवारमा समवेदना प्रकट गरेका हुन्।
प्युठान दुर्घटनामा मृत्यु हुनेप्रति प्रधानमन्त्रीद्वारा समवेदना

काठमाडौं, जेठ २९ : प्रधानमन्त्री पुष्पकमल दाहालले प्यूठानमा आज दिउँसो भएको कार दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा मृत्यु हुने आठ तथा मृतकको परिवारमा समवेदना प्रकट गरेका हुन्।

‘प्यूठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेको कार दुर्घटना हुँदा आठ जनाको निधन भएको खबरले दुःखित बनाएको छ । उक्त दुर्घटनामा जीवन गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति: २१:३५ बजे, सोमबार, जेठ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्