टेलिसिरियल ‘कर्कले मायाको चौतारी’को ट्रेलर सार्वजनिक [भिडियाे]
बासुदेव पोखरेलको लेखन तथा निर्देशनमा बनेको टेलिसिरियलको ट्रेलर ओएसआर डिभिजनको युट्युब च्यालनमार्फत सोमबार सार्वजनिक भएको हो।![टेलिसिरियल ‘कर्कले मायाको चौतारी’को ट्रेलर सार्वजनिक [भिडियाे]](https://kathmandupress.com/uploads/posts/maya karkale1686579708.jpg)
काठमाडाैं, जेठ २९ : श्याम शुक्ला फिल्म प्रोडक्सनले निर्माण गरेको टेलिसिरियल ‘कर्कले मायाको चौतारी’को ट्रेलर सार्वजनिक भएको छ। बासुदेव पोखरेलको लेखन तथा निर्देशनमा बनेको टेलिसिरियलको ट्रेलर ओएसआर डिभिजनको युट्युब च्यालनमार्फत सोमबार सार्वजनिक भएको हो।
घनश्याम लामिछाने र मणिरत्न शर्माले निर्माण गरेको टेलिसिरियल अहिले पोखराको घार्मी वरपर छायाँकन भइरहेको छ।
प्रमुख पात्र समावेश ट्रेलरमा दुई गाउँबीचको प्रेम युद्ध समावेश छ । सिरियलमा सुशील पोखरेल, प्रज्ञा जोशी, बासुदेव पोखरेल, तुलसी क्षेत्री, कपिल शर्मा, ममता अधिकारी, दिपेश लामिछानेलगायतको अभिनय छ।
सिद्वार्थ गौतमले खिचिरिहेको टेलिसिरियलमा जय गुरुङ र आशिष गुरुङको श्रृंगार छ भने नृत्य रोहन नेपालीले गरेका छन् ।
निर्देशकका रुपमा परिचय बनाएका घनश्याम लामिछानेले यसै टेलिसिरियलनमार्फत निर्माणमा समेत हात लागेका छन्। लामिछानेले धौली, पञ्जेबाजा र लन्डन टु पेसिज जस्ता फिल्म निर्देशन गरेका गरेका छन्। धौली र पञ्जेबाजाबाट चर्चा बटुलेका घनश्यामको लन्डन टु पेरिस भने प्रदर्शनको पर्खाइमा छ।












