Kathmandu Press

नक्कली शरणार्थी प्रकरणको बहस अन्तिम चरणमा

खाणसँगै प्रतिवादीहरु पूर्वसांसद आङटावा शेर्पा, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, ललितपुरका हरिभक्त महर्जन, लक्ष्मी महर्जन तथा शरणार्थी नेता टेकनाथ रिजालसहितको प्रतिरक्षा बहस बाँकी रहेको जनाइएको छ ।
नक्कली शरणार्थी प्रकरणको बहस अन्तिम चरणमा

काठमाडौं, २९ जेठ : नक्कली भुटानी शरणार्थी प्रकरणको बहस अन्त्यतिर पुगेको छ।

काठमाडौं जिल्ला अदालतमा सोमबार गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डेसहित ४ जना प्रतिवादीको बहस सकिएसँगै अब ६ जनाको बहसको टुंगो लाग्न बाँकी छ। अब पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ६ जनाको थुनछेक बहस हुनेछ ।

मंगलबार खाणको प्रतिरक्षामा नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले बहस गर्ने छन् । खाणसँगै प्रतिवादीहरु पूर्वसांसद आङटावा शेर्पा, हज कमिटीका अध्यक्ष शमशेर मियाँ, ललितपुरका हरिभक्त महर्जन, लक्ष्मी महर्जन तथा शरणार्थी नेता टेकनाथ रिजालसहितको प्रतिरक्षा बहस बाँकी रहेको जनाइएको छ ।

अदालत निर्धारित समय अनुरुप मंगलबारसम्म सबै अभियुक्तको बहस सक्ने तयारीमा छ। बुधबार सरकारी वकिलहरुले जवाफी बहस सकेपछि अदालतले थुनछेकसम्बन्धी आदेश सुनाउने छ ।

त्यसपछि पूर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा राख्ने भन्ने बिषयको टुंगो लाग्ने छ । गत बुधबारदेखि प्रतिवादीहरुको तर्फबाट कानुनव्यवसायीले प्रतिरक्षामा वहश गरिरहेका छन् ।

प्रकाशित मिति: १९:०० बजे, सोमबार, जेठ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्