Kathmandu Press

स्वर्गद्वारीमा कार दुर्घटना, बालबालिकासहित ८ जनाको मृत्यु 

स्वर्गद्वारी मन्दिर दर्शनबाट फर्किने क्रममा स्वर्गद्वारी नगरपालिका ४ मा पर्ने भेतुकेमा दिउँसो कार दुर्घटना भएको थियो।
स्वर्गद्वारीमा कार दुर्घटना, बालबालिकासहित ८ जनाको मृत्यु 

दाङ, जेठ २९ : प्युठानको स्वर्गद्वारी नगरपालिका ४ भेतुकेमा कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चारजना बालबालिका छन्।

स्वर्गद्वारी मन्दिर दर्शनबाट फर्किने क्रममा स्वर्गद्वारी नगरपालिका ४ मा पर्ने भेतुकेमा दिउँसो कार दुर्घटना भएको थियो। लु१च ६३४५ नम्बरको कार अनियन्त्रिण भई सडकबाट झण्डै ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

मृत्यु हुने ४ बालबालिकासहित २ पुरुष र २ महिला छन्। प्रहरीका अनुसार मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी छ। घटनालगत्तै घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल प्यूठान पुर्याइएको थियो।

अस्पतालका चिकित्सकले ८ जनालाई नै मृत घोषणा गरेको छ । मृतकको शव अहिले प्युठान जिल्ला अस्पतालमा राखिएको छ। 

प्रकाशित मिति: १८:२३ बजे, सोमबार, जेठ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्