Kathmandu Press

बागमती प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने

बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।
बागमती प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने

काठमाडाैं, जेठ २९ : बागमती प्रदेशसभाको बैठक यही जेठ ३२ गते अपराह्न २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।

उनका अनुसार, यही जेठ ३१ गते अपराह्न २ बजेको समयमा कार्यपरामर्श समितिको बैठक बसेर आगामी असार १ गते प्रस्तुत हुने सरकारको बजेट सम्बन्धमा कार्यसूची तयार गरिने जानकारी दिए।

प्रदेशसभाको बैठक गत जेठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित गरिसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि सभामुख भुवनकुमार पाठकले स्थगित गरेका थिए।

प्रकाशित मिति: १८:१२ बजे, सोमबार, जेठ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्