Kathmandu Press

रैथाने बालीलाई प्रवर्द्धन गर्ने सरकारको नीति छ : मन्त्री महत

साधन स्रोत बढ्दै जाँदा सबै क्षेत्रमा बजेटका आकार पनि बढ्ने भनाइ मन्त्री महतको थियो।
रैथाने बालीलाई प्रवर्द्धन गर्ने सरकारको नीति छ : मन्त्री महत

काठमाडाैं, जेठ २९ : अर्थमन्त्री डा प्रकाशशरण महतले स्थानीय रैथाने बालीलाई प्रवर्द्धन गर्ने नीति सरकारको रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा २०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफपछि सांसदका प्रश्नको उत्तर दिँदै उनले पहिले फल्ने तर अहिले विभिन्न कारण उब्जनी हुन छोडेका गहतलगायत बाली उत्पादन जोड दिने प्रतिबद्धता जनाए। साधन स्रोत बढ्दै जाँदा सबै क्षेत्रमा बजेटका आकार पनि बढ्ने भनाइ मन्त्री महतको थियो।

बैठकमा सांसदहरु अमृत राजवंशी, मङ्गल गुप्ता, रामहरि खतिवडा, भीमप्रसाद आचार्य, महेन्द्रबहादुर शाही, पदम गिरी, छिरिङ डण्डुप लामा भोटे, रामकुमार राई, अर्जुननरसिंह केसी, श्याम घिमिरे, बिजुला रायमाझी, प्रतीक्षा तिवारी, सम्झना थपलिया, हरि उप्रेती, अमृतादेवी अग्रहरि, रेखा यादव, मञ्जु शर्मा अन्सारी, गीता बस्नेत, शिव नेपाली, विराजभक्त श्रेष्ठ, नागिना यादव, लेखनाथ दाहाल, ऐनबहादुर शाही, मैना कार्की लगायतले मन्त्री महतले दिनुभएका जवाफका विषयमा प्रश्न गरेका थिए।

उनीहरुले कोरोनाअघि हनुमानढोका दरबार स्वयम्भूजस्ता सांस्कृतिक क्षेत्रबाट नै वार्षिक रु ४० करोड राजस्व आउने गरेको उल्लेख गर्नुहुँदै बजेट सबै क्षेत्रमा सन्तुलित रुपमा विनियोजन हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १८:०२ बजे, सोमबार, जेठ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्