Kathmandu Press

प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत

सभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त दुवै विधेयक प्रस्तुत गरेका हुन्।
प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत

काठमाडाैं, जेठ २९ : प्रतिनिधिसभामा ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत भएका छन् ।

सभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त दुवै विधेयक प्रस्तुत गरेका हुन्। दुवै विधेयक प्रस्तुत गर्नुअघि सांसद प्रेम सुवालले राखेको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो।

प्रतिनिधिसभाको बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको छ।

प्रकाशित मिति: १७:४९ बजे, सोमबार, जेठ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्