प्रधानमन्त्री पत्नी सीता नर्भिकमा भर्ना
लामो समयदेखि अस्वस्थ दाहालको स्वास्थ्यमा थप समस्या उत्पन्न भएपछि सोमवार दिउँसो नर्भिक अस्पताल भर्ना गरिएको हो।
काठमाडौं, २९ जेठ : प्रधानमन्त्री पत्नी सीता दाहाललाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ।
लामो समयदेखि अस्वस्थ दाहालको स्वास्थ्यमा थप समस्या उत्पन्न भएपछि सोमवार दिउँसो नर्भिक अस्पताल भर्ना गरिएको हो।
अहिले चिकित्सकबाट दाहालको उपचार भइरहेको छ। उपचारकै क्रममापत्नी दाहाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नर्भिक अस्पताल पुगेका छन्।
प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) भनिने रोगको समस्या रहेको चिकित्सहरुले जनाएका छन्। यसअघि पनि दाहालको उपचार भारत, सिंगापुरलगायतका देशमा भइसकेको छ।
प्रकाशित मिति: १६:५४ बजे, सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











