Kathmandu Press

तत्कालीन गृहसचिव पाण्डेलाई विना धरौटी तारिखमा राख्न इजलास समक्ष माग 

पाण्डेका कानुन व्यवसायी रहेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले इजलासलाई शंका लागेमा क्रिकेटर सन्दीप लामिछानेलाई जस्तै शर्तसहित छाड्न सक्ने पनि बताए।
तत्कालीन गृहसचिव पाण्डेलाई विना धरौटी तारिखमा राख्न इजलास समक्ष माग 

काठमाडौं, जेठ २९ : नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई शर्त राखेर सामान्य तारिखमा रिहा गर्न अदालत समक्ष माग गरिएको छ।

उनको पक्षमा वहश गर्दै कानुनव्यवसायीले शंकाको भरमा मुद्दा चलाइएको दाबीसहित विना धरौटी साधारण तारिखमा राख्न माग गरेका हुन्। 

पाण्डेका कानुन व्यवसायी रहेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले इजलासलाई शंका लागेमा क्रिकेटर सन्दीप लामिछानेलाई जस्तै शर्तसहित छाड्न सक्ने पनि बताए। लामिछानेको मुद्दामा उच्च अदालतबाट भएको शर्तसहितको आदेश सर्वोच्चबाट सदर भएको थियो। श्रेष्ठले शंकाको भरमा कसैलाई पनि थुन्न नहुने बताउँदै साधारण तारिखमा राख्न माग गरेका हुन्। 

‘अरु आरोपितहरुले बयानका क्रममा टेकनारायणले कागजात फेरबदल गर्नसक्छ भनेर नाम पोलेको भरमा मुद्दा चलेको छ,’ वरिष्ठ अधिवक्ता श्रेष्ठले साधारण तारिखको माग गर्दै वहशमा भने, ‘ऊ गृहसचिव भइहालेछ, उसलाई थाह नभएको पनि केही कुरा हुन्छ र भनेझै गरी मुद्दा चलाइयो। शंका लागेको कुरा पनि प्रमाण हुन्छ र?’

उनले सरकारको सचिव भइसकेको व्यक्ति भागेर जाने वा प्रमाण लोप गर्ने अवस्था नहुने पनि बताए। वहशमा श्रेष्ठले थपे, ‘मान्छे मारेको केस होइन, केही होइन। थुना र धरौटी पनि होइन, बोलाएको बखत आउने गरी छाड्ने आदेश गरे हुन्छ।’ 

प्रकाशित मिति: १६:४६ बजे, सोमबार, जेठ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्