Kathmandu Press

तीन जिल्लामा विनियोजित बजेट धेरै होइन : अर्थमन्त्री महत

 'भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पुँजीगततर्फ कूल रु एक सय २३ अर्ब विनियोजन भएको छ । त्यसैले तीन जिल्लामा छुट्ट्याएको रकम ठुलो होइन।'
तीन जिल्लामा विनियोजित बजेट धेरै होइन : अर्थमन्त्री महत

काठमाडौं, जेठ २९ : अर्थमन्त्री डा. प्रकाशशरण महतले तीन जिल्लामा बढी रकम विनियोजन गरिएकोप्रति स्पष्टीकरण दिएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले भने, 'भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पुँजीगततर्फ कूल रु एक सय २३ अर्ब विनियोजन भएको छ । त्यसैले तीन जिल्लामा छुट्ट्याएको रकम ठुलो होइन।'

अर्थमन्त्रीको गृह जिल्ला नुवाकोट, प्रधानमन्त्रीको चुनावी क्षेत्र रहेको गोर्खा र कांग्रेस सभापतिको गृह जिल्ला डडेल्धुरामा धेरै रकम विनियोजन गरिएको भन्दै सांसदहरूले आपत्ति जनाएका थिए। सोही विषयमा आज अर्थमन्त्रीले जवाफ दिएका हुन्।

उनले कतिपय पहाडी जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकाले आवश्यकताका आधारमा सडक आयोजनामा विनियोजन बढाउनुपरेको स्पष्ट पारे। साथै उनले मधेस प्रदेशमा पनि राम्रो बजेट विनियोजन गरिएको स्पष्ट पारे।

'पूर्व(पश्चिम राजमार्ग, पथलैया–वीरगञ्ज कोरिडोर, चन्द्रपुर–गौर राजमार्ग, हुलाकी राजमार्ग, सुनकोशी मरिन, बागमती, कमला, चन्द्र नहरलगायतका सिंचाई आयोजनालगायत मधेश प्रदेश लक्षित राष्ट्रिय गौरव तथा ठूला आयोजनामा उल्लेख्य रकम विनियोजन भएको छ,' उनले भने।

पुँजीगत खर्च बढाउन कार्यतालिका सहित प्रभावकारी कार्यान्वयनको मोडालिटि बनाएको उनले जानकारी दिए। पुँजीगत खर्च बढाउने कार्ययोजना बनाएको र त्याे अगाडि बढे राजस्व उठाउन कठिन नहुने बताए।

अर्थमन्त्री महतले पुँजीगत तर्फ कूल रु. १२३ अर्ब विनियोजन रहेकोमा ३ वटा जिल्लामा छुट्टाएको रकम ठूलो परिमाणमा नभएको दाबी गरे। कतिपय पहाडी जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकाले आवश्यकताका आधारमा सडक आयोजनामा विनियोजन बढाउनु परेको उनले बताए।

बजेटमा अर्थतन्त्रका विद्यमान चुनौतीहरुको गहिरो र वस्तुगत समीक्षा गरिएको, अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशिल बनाउन जोड दिइएको बताए। त्यस्तै उनले आर्थिक सुधार र निजी लगानी प्रवर्द्धनका लागि नीतिगत सुधारको घोषणा गरिएको, डिजिटल र हरित अर्थतन्त्रमा जोड दिइएको, नवप्रवर्तनमा जोड दिएको, उत्पादन र रोजगारीलाई उच्च प्राथमिकता दिई कार्यक्रमहरु ल्याइएको बताए। 

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको उत्तर दिँदै उनले तीन जिल्लामा बिनियोजन गरिएको बजेट ठूलो नभएको दाबी गरेका हुन् ।

 

प्रकाशित मिति: १५:१९ बजे, सोमबार, जेठ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्