चोर बाटोबाट नेपाल चुरोट र रक्सी भित्रन नदिन कम कर बढाइएको हाे : अर्थमन्त्री महत
सोमबारको प्रतिनिधिसभा बैठकमा २०८०/८१ को बजेटबारे सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले चोर बाटोबाट नेपाल चुरोट र रक्सी भित्रन नदिन कम कर बढाइएको बताए।
काठमाडौं, जेठ २९ : अर्थमन्त्री डा. प्रकाशरण महतले चुरोट र रक्सीमा भारतीय बजार हेरेर कर कम बढाइएको स्पष्ट पारेका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा २०८०/८१ को बजेटबारे सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले चोर बाटोबाट नेपाल चुरोट र रक्सी भित्रन नदिन कम कर बढाइएको बताए।
‘नेपाल र भारतबीचको सीमावर्ती सहरमा मूल्य करिब एउटै होस् भनेर करलाई समायोजन गर्न खोजिएको छ,’ महतले भने, ‘चोर बाटोबाट यस्ता पदार्थ नेपाल भित्रन नदिन कर कम बढाइएको हो।’
मन्त्री महतले दैनिक उपभोग हुने वस्तु आलु र प्याजमा भ्याट लगाउने, चुरोट र रक्सीमा कम कर बढाएको भन्दै व्यापक आलोचना भएको थियो।
प्रकाशित मिति: १५:११ बजे, सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार