Kathmandu Press

बजेटमा आएका नारा नाराका लागि मात्रै नआएको अर्थमन्त्री महतकाे स्पष्टाेक्ति

करका दरहरु परिवर्तन गर्दा अर्थतन्त्र चलायमान बनाउने र राजस्व बढाउने उद्देश्यले आएको बताए। कुनै पनि निश्चित घरनालाई  लाभ पुर्याउने गरी वा कसैलाई नोक्सानी हुने गरी राजस्वको दरहरु परिवर्तन नगरिएको दावी अर्थमन्त्रीको छ।
बजेटमा आएका नारा नाराका लागि मात्रै नआएको अर्थमन्त्री महतकाे स्पष्टाेक्ति

काठमाडाैं, जेठ २९ : अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा आएका नारा नाराका लागि मात्रै नआएको बताएका छन्। साेमबारकाे प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नकाे उत्तर दिँदै एउटा सार्थक उद्देश्यसहित नारा ल्याइएको उनले बताए। 

यसैगरी करका दरहरु परिवर्तन गर्दा अर्थतन्त्र चलायमान बनाउने र राजस्व बढाउने उद्देश्यले आएको बताए। कुनै पनि निश्चित घरनालाई  लाभ पुर्याउने गरी वा कसैलाई नोक्सानी हुने गरी राजस्वको दरहरु परिवर्तन नगरिएको दावी अर्थमन्त्रीको छ।

यसैगरी मुल्य अभिबृद्धि कर (भ्याट) छुट जथाभावी दिँदा भ्याट कार्यान्वयनमा समस्या भइरहेकोले भ्याट छुटको सुची हटाइएको उनले बताए। उनले आफ्ना दाजु पुर्वअर्थमन्त्री डा. रामशरण महतले भ्याट कार्यान्वनमा ल्याउँदा ठुलो विरोध भए पनि त्यसले अर्थतन्त्रलाई फाइदा पुर्याएको बताए।

विभिन्न सरकारहरुले विभिन्न समयमा भ्याट छुट दिँदा अर्थतन्त्रले इफिसियन्सी गुमाइरहेकाले हटाउने प्रयास गरिएको उनले बताए। आन्तरिक उत्पादन बढाउन तथा आन्तरिक उत्पादकलाई संरक्षण दिन तरकारी लगायत उपभोगिय वस्तुमा कर लगाइएको उनले बताए। आलु व्याज जस्ता वस्तु पनि आयात गरेर उपभोग गर्नु अनुचित रहेकाले यस्ता वस्तुको उत्पादन बढाउन पनि कर लगाइएको अर्थमन्त्रीले महतले बताएका छन्।

बजेटले समाजवादलाई नभुलेको समेत उनले बताए। समाजवादको शव्द उचारण नगर्दैमा बजेट समाजवादी भएन भन्न नमिल्ने उनले बताए। नेपाली कांग्रेसको नीति पनि समाजवाद नै भएकाले त्यसलाई बजेटले संवोधन गरेको उनले बताए। 

बजेटको आकार ठुलो भयो तथा पर्याप्त बजेट विनियोजन भएन भन्नु अनुचित रहेको उनले बताए। अर्थमन्त्री अन्य मन्त्रीजस्तो नहुने भन्दै डा. महतले कतिपय कुरालाई अस्विकार गर्नुपर्ने बताए। अर्थमन्त्रीले सबै कुरामा सहमति राख्यो भने असिमित स्रोत तथा साधानको परिचालन मितव्यायिता नहुने र अर्थतन्त्र टाट पल्टिने उनले बताए।

प्रकाशित मिति: १३:५९ बजे, सोमबार, जेठ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्