कठिन परिस्थितिमा समस्या पहिचान गरी समाधानको उपाय खोजी गरेर याे बजेट आएको हाे : अर्थमन्त्री महत
आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थतन्त्रका विभिन्न समस्याहरु पहिचान गरेको र एकै पटक त्यस्ता समस्या हटाउन नसकिने भएकाले क्रमिक रुपमा सुधार गर्दै प्रतिबद्धता बजेटमार्फत गरिएको उनले बताए।
काठमाडाैं, जेठ २९ : आगामी आर्थिक वर्ष २०८०/८१ बजेटमाथि प्रतिनिधिसभाका सांसदहरुले उठाएका प्रश्नमाथिको जवाफ अर्थमन्त्रीले दिएका छन्। करिब १५० जना प्रतिनिधिसभा सांसदले बजेटमाथि राखेको विभिन्न प्रश्नहरुमाथि डा. महतले जवाफ दिएका हुन्।
सांसदहरुले बजेटको भिजन स्पस्ट नभएको, बजेट समाजवाद उन्मुख नभएको, बजेट अझै फरक तरिकाले आउनुपर्ने, बजेटको आकार ठुलो भएको, आर्थिक बृद्धिदर महत्वकांक्षी भएको, विभिन्न विनियोजन आशंका, संसदीय विकास कार्यक्रमको औचित्य, गाँजा खेति, पुँजीगत खर्च बढाउनुपर्ने, खर्च कटौतिका विषय, करका दर, रेट तथा आर्थिक ऐन, सुर्तिजन्य कर र उपभोगिय वस्तु लगायतका विषयमा प्रश्न उठाएका थिए।
ती प्रश्नहरुमाथि जवाफ दिँदै बजेट अर्थमन्त्री डा महतले कठिन परिस्थितिमा आएको, समस्याको पहिचान गरेको र समाधानको उपाय पनि खोजी गरेर बजेट आएको बताएका छन्।
वर्तमान समयमा खर्च, राजस्व, आन्तरिक तथा बाह्य ऋण रहेको समस्या, विगतका सरकारले लिएका निर्णयले पारेको प्रभाव, मौद्रिक नीतिको असर, कोभिड १९ र युक्रेन युद्धले अर्थतन्त्रमा वारे असर लगायतका विषयमा आफुले समस्याका बारेमा बजेट प्रस्तुत गरेको अर्थमन्त्रीले बताएका छन्। आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थतन्त्रका विभिन्न समस्याहरु पहिचान गरेको र एकै पटक त्यस्ता समस्या हटाउन नसकिने भएकाले क्रमिक रुपमा सुधार गर्दै प्रतिबद्धता बजेटमार्फत गरिएको उनले बताए।
बजेट थोरै थोरै बाँड्ने प्रवृत्तिलाई रोक्न नसकेको समेत उनले बताए। स्रोत र साधान सिमित रहेको तर आवश्यकता धेरै भएकाले बजेट बाँड्ने प्रवृत्ति रोक्न नसकिएको उनले बताएका थिए। यसैगरी पुँजीगत खर्च बढाउन विभिन्न उपायहरु बजेटमार्फत प्रस्तुत गरेको र यस्ता उपायहरु कार्यान्वयन गर्न सकेको खण्डमा विदेशी लगानी आउने प्रतिबद्धता बजेट मार्फत गरिएको उनले बताए।
बजेटमार्फत आन्तरिक उत्पादन बढाउने, विदेशिने युवालाई स्वदेशमा रोकेरै उत्पादनमा लगाउने गरी सुचना प्रविधि, स्टार्टअप, प्रधानमन्त्री रोजगारी कार्यक्रम जस्ता नीतिहरु अगाडी बढाइएको अर्थमन्त्रीले बताएका छन्।











