Kathmandu Press

सामुदायिक विद्यालय कर्मचारीहरुले रिले अनसन सुरु

विद्यालयका कर्मचारीको न्यूनतम पारिश्रमिकको माग गर्दै आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिले सोमबारबाट काठमाडौंको भद्रकालीमा रिले अनसन सुरु गरेका छन्।
सामुदायिक विद्यालय कर्मचारीहरुले रिले अनसन सुरु

काठमाडाैं, जेठ २९ : विभिन्न माग राख्दै काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका सामुदायिक विद्यालय कर्मचारीहरुले रिले अनसन सुरु गरेका छन्।

विद्यालयका कर्मचारीको न्यूनतम पारिश्रमिकको माग गर्दै आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिले सोमबारबाट काठमाडौंको भद्रकालीमा रिले अनसन सुरु गरेका हुन्।

विद्यालयका कर्मचारीहरुले शिक्षा क्षेत्रको समस्या समाधानका लागि संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, न्यूनतम पारिश्रमिकका साथै शिक्षकहरुको सेवा सुविधा बढाउनुपर्ने माग राखेका छन्।

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले लामो समय काम गरेपनि सरकारले शिक्षक लगाएत विद्यालयका कर्मचारीको भविष्यका लागि कुनै चासो नदिएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताए।

उनीहरुले आफुहरुको मागका बारेमा सरकारले उचित सम्बोधन नगरे आन्दोलन नरोकिने धारणा राखे।

उनीहरुले असार १ गतेसम्म रिले अनसनमा बस्ने र माग पुरा नभए असार २ गतेदेखि सम्पूर्ण सामुदायिक विद्यालयहरु बन्द गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: १३:२८ बजे, सोमबार, जेठ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्