Kathmandu Press

महानगरपालिकाले खाली गरायाे वडा नम्बर २९ मा रहेको सरकारी जग्गा

वडा नम्बर २९ को वडा कार्यालय बनाउने भन्दै महानगरले डोजर लगाएर सरकारी जग्गा खाली गराएको हो। महानगरको उक्त कदमप्रति भने स्थानीयहरुले विरोध जनाएका छन्।
महानगरपालिकाले खाली गरायाे वडा नम्बर २९ मा रहेको सरकारी जग्गा

काठमाडौं, जेठ २९ : काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ मा रहेको सरकारी जग्गा खाली गराएको छ।

वडा नम्बर २९ को वडा कार्यालय बनाउने भन्दै महानगरले डोजर लगाएर सरकारी जग्गा खाली गराएको हो। महानगरको उक्त कदमप्रति भने स्थानीयहरुले विरोध जनाएका छन्।

सरकारी जग्गालाइ अतिक्रमण हुनबाट रोकेर संरक्षण गर्दै स्थानीयले खेल्ने ठाउँ बनाएको स्थानमा महानगरले जबर्जस्ती हस्तक्षेप गरेको उनीहरुको भनाइ छ। उनीहरुले सोही स्थाननजिकै रहेको अन्य दुईवटा सरकारी जग्गामा वडा कार्यालय बनाउन सुझाव दिएका छन् भने वडा नंवर २९ ले भने स्थानीयहरुले खेल्ने स्थानमा नै कार्यालय बनाउने तयारी गरेको छ।

सोहि अनुरुप वडा कार्यालय बनाउनका लागि सरकारी जग्गा खाली गराएको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए।

उनले सार्वजनिक जग्गा केहि व्यक्तिहरुले अतिक्रमण गरेर बसेकाले नै अतिक्रमित भाग डोजर लगाएर हटाइएको बताए। वडा कार्यालय निर्माण गर्ने बिषयमा यसअघि कांग्रेस क्षेत्र नंवर १ का सांसद प्रकाशमान सिंहसहित बसेको सर्वपक्षीय छलफल पनि निष्कर्षविहीन भएको थियो।

प्रकाशित मिति: १२:५६ बजे, सोमबार, जेठ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्