Kathmandu Press

हिमाल आरोहीहरुको जीवन बिमाको व्यवस्था गर्न सरकारसँग पहल गर्छु : सभापति देउवा

सगरमाथाको चुचुरोमा कांग्रेसको झन्डा पुर्‍याउनु पार्टी मात्रै नभएर देशकै लागि गौरवको विषय भएको देउवाले जिकिर गरे। 
हिमाल आरोहीहरुको जीवन बिमाको व्यवस्था गर्न सरकारसँग पहल गर्छु : सभापति देउवा

काठमाडाैं, जेठ २९ : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले हिमाल आरोहीहरुको जीवन बिमाको व्यवस्था गर्न सरकारसँग पहल गर्ने बताएका छन्।

कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले सोमबार काठमाडौंमा आयोजना गरेको आरोही सम्मान कार्यक्रममा देउवाले आरोहीहरुको जीवन बिमा आवश्यक रहेको भन्दै यस विषयमा प्रधानमन्त्रीसँग कुरा गरेर जीवन बिमाको पहल गर्ने बताएका हुन्।

सगरमाथाको चुचुरोमा कांग्रेसको झन्डा पुर्‍याउनु पार्टी मात्रै नभएर देशकै लागि गौरवको विषय भएको देउवाले जिकिर गरे।

कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथामा कांग्रेसको झन्डा फहराउने आरोहीहरुलाई सम्मान गरिएको थियो। 

प्रकाशित मिति: १२:५९ बजे, सोमबार, जेठ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्