Kathmandu Press

कामु प्रधानन्यायाधीसको उजुरीमाथि बुधबारदेखि छलफल हुने

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले उहाँमाथिका उजुरीउपर यही जेठ ३१ गते छलफल गर्ने निर्णय गरेको हो।
कामु प्रधानन्यायाधीसको उजुरीमाथि बुधबारदेखि छलफल हुने

काठमाडाैं, जेठ २९ : कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीमाथिको उजुरीउपर बुधबारदेखि छलफल हुने भएको छ।

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले उहाँमाथिका उजुरीउपर यही जेठ ३१ गते छलफल गर्ने निर्णय गरेको हो।

समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा बसेको बैठकबाट कामु प्रधानन्यायाधीस कार्कीका सम्बन्धमा विभिन्न २९ उजुरी परेका जनाइएको छ।

बैठकमा उक्त उजुरी समितिका सदस्यलाई वितरण गरेको छ भने सदस्यले मङ्गलबार अध्ययन गरेपछि बुधबार बैठक राखेर उजुरीकर्तालाई बोलाइ छलफल गर्ने जनाइएको छ।

समितिले जेठ ३२ गते कामु प्रधानन्यायाधीस कार्कीलाई बैठकमा बोलाएर सुनुवाइ प्रक्रिया टुङ्ग्याउने तयारी गरेको छ। आजको बैठकले समितिको बैठक कार्यविधि परिमार्जनसहित पारित गरेको छ।

प्रकाशित मिति: १२:४८ बजे, सोमबार, जेठ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्