संसद्मा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री
आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. महतले आज दिन लागेका हुन् । संसद्मा यही जेठ १५ आगामी आर्थिक वर्षको बजेट पेस भएको थियो ।
काठमाडौं, जेठ २९ : संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बोलाइएको आजको बैठकमा बजेटबारे अर्थमन्त्री डा.प्रकाशशरण महतले जवाफ दिने कार्यसूची छ ।
आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. महतले आज दिन लागेका हुन् । संसद्मा यही जेठ १५ आगामी आर्थिक वर्षको बजेट पेस भएको थियो ।
बजेटमाथिको छलफल आइतबार सकिएको थियो । बजेटको सत्तारुढ दलका सांसदहरूले नै प्रश्न उठाएका छन् ।
अर्थमन्त्री डा. महतले जवाफ दिएपछि बजेट पारितको प्रक्रियामा जानेछ । बहुमतले पारित भएपछि साउन १ गतेबाट बजेट लागु हुनेछ ।
प्रकाशित मिति: ०७:५४ बजे, सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार