Kathmandu Press

शरणार्थी प्रकरणका अभियुक्तले गरे हिरासत सार्न माग 

थुनछेक बहसपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलास अगाडि उभिएर प्रतिबादीमध्येका हज कमिटीका अध्यक्ष शमशेर मियाँ, शरणार्थी नेता टेकनाथ रिजाल, नरेन्द्र केसी र सन्देश शर्माले जिल्ला प्रहरी परिसर, टेकुमा नलैजान भनेका हुन्।
शरणार्थी प्रकरणका अभियुक्तले गरे हिरासत सार्न माग 

काठमाडौं, २८ जेठ : नक्कली शरणार्थी प्रकरणका अभियुक्तले आफुहरुलाई राख्दै आएको हिरासतबट सार्न माग गरेका छन्। काठमाडौं जिल्ला अदालतको इजलास समक्ष उनीहरुले दरबारमार्ग प्रहरी वृत्तको हिरासतमा सार्न माग गरेका हुन्।

थुनछेक बहसपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलास अगाडि उभिएर प्रतिबादीमध्येका हज कमिटीका अध्यक्ष शमशेर मियाँ, शरणार्थी नेता टेकनाथ रिजाल, नरेन्द्र केसी र सन्देश शर्माले जिल्ला प्रहरी परिसर, टेकुमा नलैजान भनेका हुन्। परिसरमा प्रहरीले अमानवीय व्यवहार गरेको भनाई इजलास समक्ष राखेका थिए। उनीहरुलाई शनिबार दरबारमार्गको हिरासतबाट काठमाडौं प्रहरी परिसर सारेको थियो।

न्यायाधीश न्यौपानेको अघि उभिएर मियाले भने, ‘दरबारमार्ग बृत्तमा बस्ने ठाउँ पनि ठीक थियो, प्रहरीको व्यवहार पनि राम्रो थियो। तर परिसरमा प्रहरीले अमानवीय व्यवहार गरे। हामीलाई अमानवीय तरिकाले राखियो।’ मियाले परिषरको हिरासतमा रहँदा स्वास्थ्यमा समेत समस्या देखिएको गुनासो समेत राखेका थिए।

अभियुक्तको गुनासो सुनेपछि इजलासबाट न्यायाधीश न्यौपानेले परिसरका डीएसपीलाई बोलाउन लगाएका थिए। तर डीएसपी अदालतमा आइनसकेका कारण परिषरका प्रहरीलाई डाकेर मानवीय व्यवहार गर्न मौखिक निर्देशनात्मक आदेश भएको थियो।

न्यायाधीश न्यौपानेले यसरी गुनासो आउनेस्थिति नहोस् भन्दै प्रहरीको ध्यनाकर्षण गराएका थिए। शरणार्थी नेता रिजालले पनि इजलास समक्ष परिसरको हिरासतमा सासै फेर्न गाह्रो भएको सुनाए। रिजालले पनि आफू बिरामीसमेत भएकाले परिषरमा बस्दा समस्या भएको गुनासो राखेका थिए। 

प्रकाशित मिति: १८:३७ बजे, आइतबार, जेठ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्