Kathmandu Press

पार्टीमा कुनै व्यक्तिले मनलाग्दी गर्न पाउँदैन : गुरू घिमिरे

दाङको घोराहीमा आइतबार नेपाली कांग्रेस रुपान्तरण अभियानको अन्तरक्रिया कार्यक्रममा बोल्दै घिमिरेले पार्टीमा कुनै व्यक्तिले मनलाग्दी गर्न नपाउने बताए।
पार्टीमा कुनै व्यक्तिले मनलाग्दी गर्न पाउँदैन : गुरू घिमिरे

काठमाडाैं, जेठ २८ : नेपाली कांग्रेसका नेता तथा कांग्रेस रुपान्तरण अभियानका अभियन्ता गुरुराज घिमिरेले कांग्रेस पार्टी कसैको निजी मामला नभएको बताएका छन्।

दाङको घोराहीमा आइतबार नेपाली कांग्रेस रुपान्तरण अभियानको अन्तरक्रिया कार्यक्रममा बोल्दै घिमिरेले पार्टीमा कुनै व्यक्तिले मनलाग्दी गर्न नपाउने बताए।

गोजीबाट नेता छान्ने, टिकट बाँड्ने गर्न नपाइने भन्दै नेता घिमिरेले पार्टी विधिमा चल्नुपर्ने बताए। उनले बिपी कोइरालाले स्थापना गरेको पार्टी अहिले कुनै व्यक्तिको निजी मामला बनेको भन्दै सच्चा कार्यकर्ताहरु अब बोल्ने बेला आएको उल्लेख गरे।

पार्टीको केन्द्रीय बैठक लामो समयदेखि नबस्दा नेताहरु बाहिर बोल्न बाध्य भएको उनको भनाइ छ। पार्टीको रुपान्तरणका लागि देशभरिका कार्यकर्ता जुट्न समेत घिमिरेले आग्रह गरे।

यस्तै कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा कांग्रेस नेता रञित कर्णले वीपीको विचारलाई अपमान गर्नेहरुले बिपीको फोटो राखेर कार्यक्रम गर्न नपाउने बताए।

प्रकाशित मिति: १७:०० बजे, आइतबार, जेठ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्