Kathmandu Press

भारतलाई ‘कूटनीतिक नोट’ पठाउन पेशागत महासंघको सरकारलाई ध्यानाकर्षण 

महासंघले आइतबार काठमाडौंमो पत्रकार सम्मेलन आयोजना गरी उक्त ध्यानाकर्षण गराएको हो। भारत सरकारले आफ्नो नयाँ संसद भवनमा नेपालको भूमि समेटिएको नक्शा राखेकोप्रति गंभिर सरोकार जनाउँदै कूटनीतिक नोट पठाएर ध्यानाकर्षण गराउन महासंघको आग्रह छ।
भारतलाई ‘कूटनीतिक नोट’ पठाउन पेशागत महासंघको सरकारलाई ध्यानाकर्षण 

काठमाडौं, २८ जेठ : नेपाली भूमि समेटिएको नक्शा राखेको विषयलाई लिएर पेसागत महासंघले भारतलाई कूटनीतिक नोट पठाएर ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको छ।

महासंघले आइतबार काठमाडौंमो पत्रकार सम्मेलन आयोजना गरी उक्त ध्यानाकर्षण गराएको हो। भारत सरकारले आफ्नो नयाँ संसद भवनमा नेपालको भूमि समेटिएको नक्शा राखेकोप्रति गंभिर सरोकार जनाउँदै कूटनीतिक नोट पठाएर ध्यानाकर्षण गराउन महासंघको आग्रह छ।

यस्तै, विगतमा भएका असमान सन्धी सम्झौता खारेज गर्न र प्राकृतिक श्रोत साधनसम्बन्धी सन्धी सम्झौता नेपालको हीत अनुरुप लागू गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ। 

महासंघले नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर भ्रष्टाचार गर्ने अपराधीलाई कडा कारबाही गर्न पनि माग गरेको छ। यसैगरी, विगतमा भएका अनियमितता र भ्रष्टाचारमा संलग्न दोषीलाई कारबाही गर्न, बहुदलीय व्यवस्थाको पुनःस्थापना यता राजनीतिक व्यक्ति र कर्मचारीतन्त्र भित्रका अकुत स्म्पत्ति आर्जनमा संलग्न व्यक्तिहरुको छानबिनका लागि उच्चस्तरीय अधिकार सम्पन्न छानबिन आयोग गठन गर्न पनि महासंघको माग छ।

यस्तै आम श्रमीकका माग सम्बोधनका लागि उच्चस्तरी श्रम आयोग गठन गर्न समेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ। 
यसअतिरिक्त कर्मचारीहरुले पाइरहेको कुनै पनि सेवा सुविधा कटौती नगर्न, संघिय निजामती सेवा ऐन, शिक्षा ऐन, स्वास्थ्य ऐन लगायतका ऐनहरु चाँडो जारी गर्न, उच्चस्तरीय तलव सुविधा आयोगले नेपाल सरकार समक्ष सिफारिस गरे अनुसारको तलव सुविधा लागू गर्न, सहकारीका समस्या समयमै समाधान गर्न, सार्वजनिक संस्थानहरुको सुधार गरी ७५३ वटै पालिकासम्म सेवा बिस्तार गर्न पनि महासंघले ध्यानाकर्षण गराएको छ ।
 
प्रकाशित मिति: १६:४३ बजे, आइतबार, जेठ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्