Kathmandu Press

बजेटको आकार ठुलो भए पनि वास्तविक परिणाम दिन नसक्ने खालकाे छैन : गगन थापा

आइतबार संसदमा बजेटमाथिको छलफलका क्रममा थापाले बजेटको आकार ठुलो भए पनि वास्तविक परिणाम दिन नसक्ने भन्दै यसलाई स्वीकार गर्नुपर्ने बताएका हुन्।
बजेटको आकार ठुलो भए पनि वास्तविक परिणाम दिन नसक्ने खालकाे छैन : गगन थापा

काठमाडाैं, जेठ २६ : नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले बजेट कार्यान्वयन गरेर परिणाम ल्याउन नसक्ने कुरालाई स्वीकार गर्नुपर्ने बताएका छन्।

आइतबार संसदमा बजेटमाथिको छलफलका क्रममा थापाले बजेटको आकार ठुलो भए पनि वास्तविक परिणाम दिन नसक्ने भन्दै यसलाई स्वीकार गर्नुपर्ने बताएका हुन्।

बजेटमार्फत गरिएका करका दल हेरफेरले उपभोक्तालाई असर पर्न सक्ने भन्दै थापाले करको दर फेरको औचित्य पुष्टि हुनुपर्ने उल्लेख गरे। चालू आर्थिक बर्षमा राजस्व संकलनको अवस्था हेर्दा अर्को आर्थिक बर्षको लक्ष्य समेत पुरा हुन नसक्ने देखिएको उनले बताए।

सांसद थापाले बजेट कार्यान्वयनबाट लगानीको विस्तार, रोजगारीको अवसरमा वृद्धि, अर्गतन्त्र सुधारका साथै वित्तीय अनुशासनमा ध्यान दिएर राजस्व हासिल गर्ने दिशामा अघि बढ्न सुझाव दिए। उनले बजेटमा समेटिएका कार्यक्रमलाई परिणाममुखी बनाउन कार्यान्वयनमा चूनौति हुने तर्क गरे।

उनले साधारण खर्च बढेको र पुँजीगत खर्च कम भएको यथार्थतालाई ध्यान दिएर प्राथमिकतायुक्त क्षेत्रको सम्बोधन हुनेगरी बजेट कार्यान्वयन गरिनुपर्ने पनि बताए। 

प्रकाशित मिति: १६:३० बजे, आइतबार, जेठ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्