Kathmandu Press

आर्थिक संकट समाधान गर्ने गरी बजेट आएको छ : यादव

'देश अहिले संकटमा छ, त्यो संकटलाई पनि समाधान गर्ने गरी हरेक क्षेत्रलाई समान ढंगबाट समावेश गरेर प्रस्तुत भएको बजेटप्रति मेरो समर्थन छ।'
आर्थिक संकट समाधान गर्ने गरी बजेट आएको छ : यादव

काठमाडाैं, जेठ २८ : सांसद दिनेशकुमार यादवले देशको वर्तमान संकटलाई समाधान गर्ने गरी सरकारले बजेट ल्याएको बताएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने, 'देश अहिले संकटमा छ, त्यो संकटलाई पनि समाधान गर्ने गरी हरेक क्षेत्रलाई समान ढंगबाट समावेश गरेर प्रस्तुत भएको बजेटप्रति मेरो समर्थन छ।'

सांसद यादवले देशको आर्थिक अवस्थालाई सुदृढ गर्न गर्नेथलो मधेसलाई बजेटले छुन नसकेको पनि उनले टिप्पणी गरे। किसानको लागि सिँचाइको व्यवस्था बजेटमै व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो। 

सांसद रुपा विकले आव २०८०र८१ को बजेट वक्तव्यले मुलुकमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे। 'निराश भएका जनता र व्यवसायीलाई उत्साह दिने खालको बजेट आएको छ। यद्यपि बजेटमा केही परिमार्जन गर्नुपर्ने विषय पनि छन्,' उनले भने।

बजेटले पुँजीगत खर्चलाई प्रभावकारी बनाउन केही नयाँ सोच र दृष्टिकोणसहित ‘वर्किङ मोडालिटि’मा अगाडि सारेको बताउँदै सांसद विकले जसलाई सकारात्मक सङ्केतको रुपमा लिनुपर्ने बताए। बजेट कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने उनको भनाइ थियो। 

सांसद कान्तिका सेजुवालले कर्णाली प्रदेशमा पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गरे। उनले भने, 'कर्णालीमा विशेषगरी जुम्लामा शैक्षिक जनशक्ति बढेको छ, राज्यका हरेक गतिविधिलाई तर्कपूर्ण विश्लेषण गर्नसक्ने भएको छ, अब संवैधानिक नियुक्त र राजनीतिक नियुक्तिमा समेत कर्णालीले अर्थपूर्ण सहभागिता हुनुपर्छ।' प्रतिनिधिसभाको अर्को बैठक भोलि २९ गते १ बजे बस्ने भएको छ।

प्रकाशित मिति: १६:२२ बजे, आइतबार, जेठ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्