स्वास्थ्य क्षेत्रप्रति सरकार उदासीन : पदम गिरी
‘शिक्षा र स्वास्थ्य जस्तो विषय आम जनताको पहुँचमा हुनुपर्दथ्यो, तर स्वास्थ्यमा २० प्रतिशत रकम घटाइएको, जसले गर्दा आधारभूत अस्पताल बन्ने छैनन, स्वास्थ्य क्षेत्रमा अब दुरावस्था देखिँदैछ।'
काठमाडाैं, जेठ २८ : सांसद पदम गिरीले सरकार स्वास्थ्य क्षेत्रप्रति उदासीन देखिएको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले भने, ‘शिक्षा र स्वास्थ्य जस्तो विषय आम जनताको पहुँचमा हुनुपर्दथ्यो, तर स्वास्थ्यमा २० प्रतिशत रकम घटाइएको, जसले गर्दा आधारभूत अस्पताल बन्ने छैनन, स्वास्थ्य क्षेत्रमा अब दुरावस्था देखिँदैछ।'
करि ११ हजार हुलाकका कर्मचारीले वर्षौंदेखि सेवा गर्दै आए पनि आज जागिरबाट निस्कनुपर्ने अवस्था सिर्जना भएको भन्दै जनताको रोजीरोटी सरकारले खोस्न नहुने उनको भनाइ थियो। सांसद गिरीले विद्यालयका शिक्षकका लागि दरबन्दी सिर्जना गरेर पारिश्रमिक दिनेगरी सरकारले व्यवस्था गर्नुमा जोड दिए।
सांसद गङ्गा कार्कीले मुलुकको वर्तमान अवस्थालाई सम्बोधन गर्ने गरी बजेट आएको बताउँदै बजेटको सिद्धान्त, प्राथमिकता र नीति ठीक भएको टिप्पणी गरे। उनले भने, ुकृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारमूलक क्षेत्रलाई बजेटले जोड दिएको छ, बजेटले अवस्थामा टेकेर अहिलेको आवश्यकता पूरा गर्ने भनेको छ, तर कार्यक्रममा चुकेको पाइन्छ।'
दोलखा जिल्लाले अहिले झण्डै ए हजार मेगावाटको बिजुली राज्यलाई आपूर्ति गरिरहेको भए पनि सरकारले दोलखाका लागि बजेटको व्यवस्था नरेको भन्दै गुनासो गरे।
दोलखा जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने उनको भनाइ थियो। सांसद गीता बस्नेतले सरकारले शक्ति र पहुँचको भरमा बजेट छुट्याउने काम गरको भन्दै बजेटले तल्लो तहका जनतालाई समावेश गर्न नसकेको टिप्पणी गरे। उनले भने, 'बर्दिया २०७१ सालमा बाढीपीडितमा परेको जिल्ल्ला हो, आज १० वर्ष बित्दासमेत जनताले राहत पाउन सकेको छैन, यस पटकको बजेटमा पनि समावेश गरिएको छैन, त्यहाँका जनता दुःखी भएका छन, बर्दिया जिल्लालाई हेर्ने सरकारको किन फरक छ?'
सांसद तारा लामा तामाङले भने, 'यो बजेटले अहिले खस्किँदै गएको अर्थतन्त्रलाई उकास्न के गर्न सकिन्छ भनेर ल्याउनुपर्नेमा ध्यान गएको छैन, यो बजेट किसानमुखी श्रमजीविमुखी समाजवाद उन्मुख छैन।' सांसद सन्तोष चालिसेले किसानको मलको समस्या समाधान गर्ने विषयलाई बजेटमा समावेश गर्नुपर्नेमा जोड दिए।











