लोसपाका अध्यक्ष ठाकुर उपचारका लागि दिल्ली प्रस्थान
स्वास्थ्याेपचारको ‘फलोअप’का लागि अध्यक्ष ठाकुर आज दिउँसो दिल्ली प्रस्थान गरेकाे लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।
काठमाडाैं, जेठ २८ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्।
स्वास्थ्याेपचारको ‘फलोअप’का लागि अध्यक्ष ठाकुर आज दिउँसो दिल्ली प्रस्थान गरेकाे लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।
उनका अनुसार अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली गएका हुन्। उनी उपचार सकेर एक सातापछि स्वदेश फर्कनेछन्।
प्रकाशित मिति: १५:०३ बजे, आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार