Kathmandu Press

गलत तथ्यांक सार्वजनिक गरेको भन्दै किरात देवास राई उत्थान समाज नेपालकाे आपत्ति

आइतबार काठमाडौंको तथ्यांक कार्यालय पुगेर किरात देवास राई समूदायले १२ औं राष्ट्रिय जनगणना, २०७८ को जनगणनामा तथ्यांक संकलनको क्रममा टिपाएको भन्दा गलत तथ्यांक सार्वजनिक गरेको भन्दै आपत्ति जनाएको हो।
गलत तथ्यांक सार्वजनिक गरेको भन्दै किरात देवास राई उत्थान समाज नेपालकाे आपत्ति

काठमाडाैं, जेठ २८ : राष्ट्रिय तथ्यांक कार्यालयले किरात देवास राई समुदायको गलत तथ्यांक सार्वजनिक गरेको भन्दै किरात देवास राई उत्थान समाज नेपालले आपत्ति जनाएको छ।

आइतबार काठमाडौंको तथ्यांक कार्यालय पुगेर किरात देवास राई समूदायले १२ औं राष्ट्रिय जनगणना, २०७८ को जनगणनामा तथ्यांक संकलनको क्रममा टिपाएको भन्दा गलत तथ्यांक सार्वजनिक गरेको भन्दै आपत्ति जनाएको हो।

जनगणनाका क्रममा जातिको महलमा राई, भाषाको महलमा देवास र धर्मको महलमा किरात भनी ३०÷४० हजारको संस्थामा विवरण टिपाएपनि तथ्याङ्क कार्यालयले गलत तथ्यांक सार्वजनिक गरेको जनाएको छ।

तथ्यांक कार्यालय पुगेर उनीहरुले गलत तथ्याङ्क मान्दैनौ, गलत तथ्याङ्क तुरुन्तै सच्चाउ, राज्यलाई सहि तथ्याङ देउ, हाम्रो पहिचान मेट्न पाइदैन लगाएता प्लेकार्ड प्रदर्शन गरेका थिए।

त्यस्तै आदिवासी जनजाती समूदायका बिभिन्न जातिलाई पनि थरका आधारमा फरक फरक जातीमा राखेको भन्दै नेपाल आदिवासी जनजाती महासंघ लगाएतका जातिय संगठनले पनि राष्ट्रिय तथ्यांक कार्यालय परिसरमा प्रदर्शन गरेका छन्।

उनीहरुले जनगणनाको क्रममा दिइएका विरणका आधारमा जाति र धर्म स्पष्ट खुल्ने गरि सत्य र यथार्थ विवरण सहितको तथ्याङ्क सार्वजनिक गर्न माग गरेका छन्। 

प्रकाशित मिति: १४:१४ बजे, आइतबार, जेठ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्