Kathmandu Press

आगलागी हुँदा १ लाख ६५ हजार बढीको क्षति

उनको एक तले घरमा आगलागी हुँदा घरको सम्पूर्ण सामान जलेर नष्ट भएको छ। स्थानीयबासी मिलेर आगो निभाएका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।
आगलागी हुँदा १ लाख ६५ हजार बढीको क्षति

हुम्ला, जेठ २८ : हुम्लाको चङ्खेली गाउँपालिका–३ का वर्षबहादुर ऐडीको घरमा शुक्रबार आगलागी हुँदा रु एक लाख ६५ हजार बराबरको क्षति भएको छ।

उनको एक तले घरमा आगलागी हुँदा घरको सम्पूर्ण सामान जलेर नष्ट भएको छ। स्थानीयबासी मिलेर आगो निभाएका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

आगलागीबाट मानवीय तथा पशुचौपायाको भने क्षति भएको छैन। मिमी प्रहरी चौकीको टोलीले घटनास्थलमा पुगेर क्षतिको विवरण लिएको छ।

प्रकाशित मिति: १३:४० बजे, आइतबार, जेठ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्