Kathmandu Press

ढुंगा खस्दा हुम्लामा बालकको मृत्यु 

गाले लागेर सर्केगाड गाउँपालिका–८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो। 
ढुंगा खस्दा हुम्लामा बालकको मृत्यु 

हुम्ला, जेठ २८ : हुम्लामा ढुंगा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ। ढुंगाले लागेर सर्केगाड गाउँपालिका–८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो। 
 
ढुंगाले लागेर अर्का एक बालक घाइते भएका छन्। घाइते हुनेमा सर्केगाड–८ कै ११ वर्षीय खनिल ऐडी रहेका छन्। दुवैजना बाख्रा चराउन वनमा गएका थिए। रोकायाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। 

ऐडीको दाहिने हात भाँचिएको छ। उनको स्वास्थ्य चौकी राहदेवमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १३:३७ बजे, आइतबार, जेठ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्