Kathmandu Press

लागुऔषध कारोबारीलाई पक्रन प्रहरीले चलायाे गोली

लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका वडा–९ शम्भुमार्गमा गोली चलाएको हो। टोलीले आइतबार बिहान ११स्४१ बजे गोली चलाएको जनाइएको छ।
लागुऔषध कारोबारीलाई पक्रन प्रहरीले चलायाे गोली

काठमाडौं, जेठ २८ : लागुऔषध कारोबारीलाई पक्रने क्रममा प्रहरीले गोली चलाएको छ।

लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका वडा–९ शम्भुमार्गमा गोली चलाएको हो। टोलीले आइतबार बिहान ११स्४१ बजे गोली चलाएको जनाइएको छ।

लागुऔषध ओसारपसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो। गोली लागेर घाइते भएका भगतको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ।

प्रहरीका अनुसार भगतबाट १०० ग्राम लागुऔषध नियन्त्रणमा लिइएको छ। ठुलो मात्रामा लागुऔषध ओसारपसार गरेको आशंकामा ब्युरोबाट प्रहरी निरीक्षकको टोलीले भगतलाई पछ्याएको थियो। 

भगत एक घरभित्र प्रवेश गरेपछि प्रहरी पनि पुगेको र भगतले प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ। भगतलाई घुँडाभन्दा तल गोली लागेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १३:२९ बजे, आइतबार, जेठ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्